४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर



झापा-न्युयोर्कको सिभिल कोर्टले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । कोर्टले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

एक म्यागेजिनकी लेखिका ई जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गर्दै मानहानी गरेको आरोप लगाएकी थिइन् ।

यो मुद्दामा ट्रम्पलाई कोर्टले दोषी ठहर गरेको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोप भने निराधार ठहरिएको छ ।

न्युयोर्कको सिभिल कोर्टको यो फैसलापछि आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने ट्रम्पको पूर्व घोषित योजनामा झड्का लागेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ००:००  ८ : ३५ बजे