२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

सहकारी कानुन सुधारका लागि कार्यदल गठन गर्ने निर्णय



झापा– सरकारले सहकारी कानुन सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ‌‌।

सहकारी क्षेत्रको नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सहकारी विभागले कार्यदल गठन गर्नसक्ने कार्यविधिको मस्यौदा तयार पारेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार ००:००  ८ : ३३ बजे