झापा- अर्पण गिरीले निर्देशन गरेको चलचित्र वानर सेना प्रदर्शनको पर्खाइमा छ । रामायणमा आधारित यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा बनेको हो ।
रामायणमा हालसम्म नखुलाइएका विषयलाई कथावस्तु बनाएर यो चलचित्र तयार पारिएको छ । चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।
चलचित्र निर्देशनसँगै अर्पणले फिल्ममा ‘डेब्यू’ गरेका छन् । नायिकाको रुपमा आर्जु प्रसाई छिन् । कोेसीको टप्पुमा चलचित्र छायाङ्कन गरिएको छ ।
चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी, लगायतले अभिनय गरेका छन् ।