२७ जेष्ठ २०८०, शनिबार | Sun Jun 11 2023

‘द भ्वाइस किड्स नेपाल सिजन २ : अर्नभ जिताउ अभियान सुरु



बिर्तामोड-गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमीफाइनल राउण्डमा प्रवेश गरेका झापा बिर्तामोडका अर्नभ बनलाई भोटिङ गर्न उनको परिवार र शुभेच्छुकले सार्वजनिक अपिल गरेका छन् ।

मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अर्नभ जिताउ अभियान सुरु गरिएको हो । उनलाई जिताउन ‘अर्नभ फर भ्याइस ग्रुप’ गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बिर्तामोडका युवाहरुको समूहले टप १६ मा पुग्न सफल अर्नभलाई भोटिङ गर्न सहज बनाउने उद्देश्यले १५ सदस्यीय अर्नभ फर भ्याइस ग्रुप गठन गरेका हुन् ।

ग्रुपको संयोजकमा अर्नभका बुबा आशिष बन छन् । त्यस्तै सदस्यमा प्रकाश लिङ्देन, बिशाल अग्रवाल, बिकास गिरी, आशा गुरुङ, मनिषजंग बस्नेत, बब रिजाल, आशिष बुढाथोकी, बप्पा साह, कबिन सापकोटा, प्रज्वल प्रधान, भीम सादेम्वा, निशान न्यौपाने, नोभेम्बर नेम्वाङ र बिनोद नेम्वाङ रहेका छन् ।

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको कार्यक्रमको लाइभ राउण्डमा स्वरका धनी अर्नभको प्रस्तुतिले लोकप्रियताको उचाई हासिल गर्दै गएको छ ।

प्रशंसकको समर्थनका कारण उनी सेमीफाइनल राउडमा प्रवेश गर्न सफल भएका हुन् । सानैदेखि गीत संगीतमा रमाउने अर्नभलाई भोट गरेर बिजेता बनाइदिन उनका बुबा आशिष बनले सवै समक्ष आग्रह गरेका छन् ।

टिम प्रविशामा रहेका अर्नभलाई बिजेता बनाउन अर्नभकी आमा जीना सापकोटा बनले पनि खल्ती एप्प डाउनलोड गरेर भोट गर्न सवैलाई आग्रह गरेकी छिन् । १२ वर्षीय अर्नभ बिर्तामोडको ग्रीन फिल्ड स्कूलमा पढ्छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ००:००  ६ : ३६ बजे