सतासीधाम– झापाको शिवसताक्षी-५ भेलामुनिमा रहेको बालकल्याण आधारभूत विद्यालयका १५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच वडाका तर्फबाट विपन्न समुदायका विद्यार्थीलाई स्कूल व्याग, जुत्तामाेजा, टाई र बेल्ट प्रदान गरिएको हो ।
कार्यक्रममा परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई विष्णु लक्ष्मी सिटौला काेषका तर्फबाट पुरस्कृत पनि गरिएको छ ।
कोषका संरक्षक नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष सिकिन पासवान प्रमुख अतिथि थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पासवानले सबै विद्यालयमा गुणस्तरीय अध्यापन हुनुपर्ने बताए ।