४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

दुवईका लागि उडेको विमानको इन्जिन फेल, जहाज अवतरणको प्रयास



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलबाट उडे लगत्तै विमानको इन्जिन फेल भएको हाे । इञ्जिन फेल भएपछि चालक दलका सदस्यले जहाजलाई विमानस्थलमा अवतरण गर्ने प्रयास गरिरहेका छन् ।

१६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा आगलागी भएकाे छ । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको बताए ।

जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ००:००  ९ : ४४ बजे