२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

मुटुरोग पीडित बालिकालाई शिक्षा बहुउद्देश्यीय सहकारीको सहयोग



बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले मुटु रोगबाट पीडित बाल बचतकर्ता सन्ध्या पौडेललाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संस्थाको धाइजनस्थित सेवा केन्द्र कार्यालयमा पीडित बालिकाका अभिभावक उमा ओलीलाई उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मुटुरोगबाट पीडित बालिकालाई उपचार सहयोग स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

सेवा केन्द्रमा आयोजित सदस्य शिक्षा कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष न्यौपाने र सचिव सूर्यकुमार खतिवडाले उक्त रकम हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा सञ्चालक सदस्य चीजा राई र लक्ष्मीप्रसाद घिमिरे, सल्लाहकार ओम खरेल पनि सहभागी थिए । बालिकाकी अभिभावक ओलीलाई उक्त रकम हस्तान्तरण गरिएको धाइजन सेवा केन्द्रकी प्रमुख कोपिला ढुंगेलले जानकारी दिइन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार ००:००  १२ : ०० बजे