७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बैशाख ९ मा खेलकुद पत्रकार मञ्च झापाको अधिवेशन



बिर्तामोड- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ झापाको अधिवेशन बैशाख दोस्रो साता हुने भएको छ ।मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

तेस्रो झापा अधिवेशन बैशाख ९ गते शनिबार गर्ने निर्णय भएको अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ समिति चयन गर्नेछ ।

मञ्चको अधिवेशन बिर्तामोडस्थित आदर्श ब्यांक्वेटमा हुनेछ । बैठकले सदस्यलाई अधिवेशनको दिनसम्म सदस्यता नवीकरण गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, नयाँ सदस्यताका लागि सचिव अर्जुन राजवंशीको संयोजकत्वमा समिति बनाइएको छ ।

मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

खेलक्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको अध्यक्ष खरेलले बताए ।

मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ००:००  ६ : ३४ बजे