२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

ट्राफिक प्रहरीलाई सचेतनामूलक सामग्री हस्तान्तरण



बिर्तामोड- सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थांले सोमवार ट्राफिक प्रहरीलाई सचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ । सहारा नेपाल विर्तामोड सेवा केन्द्रले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सचेतनामूलक सामग्री उपलब्ध गराएको हो ।

होर्डिङ वोर्ड, व्यानर, पम्पेटलगाएतका सामग्री हस्तान्तरण गरिएको कृषि तथा वातावरण समितिका संयोजक राजकुमार ओलीले बताए ।

बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई प्रमुख आतिथ्यमा भएको कार्यक्रमको औचित्यमाथि सहारा नेपालका अधिकृत घनश्याम रायले प्रकाश पारेका छन् ।

स्थापना दिवसको अवसर पारेर गत पुसमा निधन भएका गणेश अधिकारीको परिवारलाई तीन लाख रुपैयाँ राहत रकम समेत हस्तान्तरण गरिएको छ । कार्यक्रम सेवा केन्द्रका अध्यक्ष कृष्ण थापाको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार ००:००  ७ : ०८ बजे