२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

सहारा नेपालका सदस्यलाई क्यास डिपोजिट मेसिनको सुविधा



झापा-बैकले दिँदै आएको डिपोजिट मेसिनको सुविधा सहकारीले पनि दिन थालेका छन् । झापामा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २८ औँ वार्षिकोत्सवको अवसरमा डिपोजिट मेसिनको सुविधा उपलब्ध गराएको हो ।

सदस्यहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याइएको सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । उसभामुख इन्दिरा राना मगरले मंगलवार मेसिनको उद्घाटन गरेकी थिइन् ।

‘मेसिनबाट सदस्य आफैँले खातामा रकम जम्मा गर्न सक्नेछन्’, कार्यकारी निर्देशक गिरीले भने, ‘काउन्टरमा लाइन बस्नु पर्ने झन्झटबाट सदस्यले मुक्ति पाउनछन् । समयको पनि बचत हुन्छ । ’

मेसिनबाट व्यक्तिको खातामा नगद जम्मा गरेपछि मेसिनले नै त्यसको रिसिभ रसिद समेत उपलब्ध गराउँछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार ००:००  ७ : ५९ बजे