२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

सहारासँग सिर्जनशील र पृथ्वी साकोस गाभिँदै



बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड र कनकाई नगरका दुई वटा सहकारी संस्थालाई आफूसँग एकीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । बिर्तामोडको सिर्जनशील र कनकाईको पृथ्वी साकोस सहारा नेपाल साकोसमा गाभिन लागेका हुन् ।

सहारा नेपालको २८ औँ वार्षिक समारोहमा मंगलवार यी दुई संस्थाका अध्यक्ष क्रमश डम्वर विमली र कुमारमणि पोखरेलले संस्था एकीकरण सम्वन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

२८ वर्षअघि ३३ जनाले ३४ हजार शेयर पूँजी संकलन गरी सुरु भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यो अवधिमा आफूलाई नेपालको उत्कृष्ट संस्थाका रुपमा स्थापित गरेको छ । कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार हाल १६ अर्वको वासलात पुगेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ००:००  ९ : ४० बजे