१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मेची सहकारीले बनायो सदस्यका लागि एकीकृत वस्ती



दमक-झापाको दमकस्थित मेची सहकारी संस्थाले सदस्यका लागि एकीकृत वस्ती निर्माण गरी हस्तान्तरण गरेको छ । करिव २३ करोड रुपैयाँको लगानीमा सहकारी संस्थाले एउटै प्रकृतिका ५७ वटा घर निर्माण गरी आफ्ना सदस्यलाई हस्तान्तरण गरेको हो ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्मित घरहरु सहकारीका सदस्यलाई गत साता हस्तान्तरण गरेका छन् ।

बजार मूल्यभन्दा करिब ४० प्रतिशत कम मूल्यमा सदस्यलाई घरहरू उपलब्ध गराइएको सहकारीका प्रमुख कार्यकारी निर्देशक खोमप्रसाद बगालेले बताए ।

एकविघा १८ कट्ठा जग्गामा २२ करोड ८३ लाख रुपैयाँको लागतमा ती घरहरू निर्माण गरिएका हुन् । सदस्यका लागि एउटा घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म तोकिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार ००:००  ९ : २० बजे