१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल



काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीको महासचिवमा घनश्याम भुसाललाई मनोनित गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।

यसअघि महासचिव रहेका नेता वेदुराम भुसाललाई भने समाजवादीले उपाध्यक्ष बनाएको छ । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि भुसाल स्वतन्त्र उम्मेदवार बनेका थिए ।

एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका भुसाल पुस २९ गते नेकपा एस प्रवेश गरेका थिए । पार्टी प्रवेशको दुई महिनापछि एसले उनलाई महासचिवको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ००:००  ८ : ०८ बजे