२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

पत्रकारका विषयमा सभामुखको टिप्पणीप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति



झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारहरुका विषयमा सभामुख देवराज घिमिरेले गरेको टिप्पणीप्रति गम्भीर असहमति प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सभामुखको अभिव्यक्तिको गम्भीर नोटिसमा रहेको बताएका हुन् ।

महामन्त्री शर्माले देशको चौथो अंगको सन्दर्भमा बोल्नु भन्दा अगाडि सभामुखले हजार पटक सोच्नुपर्ने बताउँदै यसअघिकाे अभिव्यक्तिमा आत्मालोचना गर्न सुझाव दिए ‌।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार माहासंघकाे प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका थिए ।

सभामुखको उक्त टिप्पणीपछि विवादमा तानिएको सञ्चार क्षेत्रले अनेकौं आलोचना सामना गरिरहेको छ ‌‌।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार ००:००  ८ : ३८ बजे