१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रदेशको नामका विषयमा अब कुनै छलफल हुँदैन : मुख्यमन्त्री कार्की



ओखलढुंगा– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामका विषयमा तत्काल कुनै छलफल नहुने बताएका छन् ।

ओखलढुंगाको रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको नामका विषयमा कुनै छलफल नहुने प्रष्ट पारेका हुन् ।

प्रदेशको नामको विषयलाई लिएर लिम्बुवान लगायतका क्षेत्रीय दलहरु आन्दोलनमा उत्रिरहेका बेला मुख्यमन्त्री कार्कीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

लामो समय नामविहीन प्रदेशलाई आफू मुख्यमन्त्री भएपछि नाम राखेको बताउँदै कार्कीले ९० प्रतिशत सांसदको बहुमतले कोसी नाम पारित गरेको बताए ।

हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलनमा उत्रिएको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएकाे टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार ००:००  ८ : २८ बजे