१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

झापाबाट एकै महिनामा विदेशिए दुई हजार भन्दाबढी युवा



बिर्तामोड- रोजगारीका लागि फागुन महिनामा झापाबाट दुई हजार भन्दाबढी युवा बिदेशिएका छन् । अवसरको खोजी गर्दै विदेशिनेमा झापाका युवाको संख्या उल्लेख्य हो । सबैभन्दा धेरै धनुषाका युवा विदेशिएका छन् ।

फागुनमा झापाबाट २ हजार ७३५ जना युवा विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । झापा भन्दा धेरै धनुषाबाट ३ हजार १२९ युवा विदेशिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । यो संख्या माघको तुलनामा भने केही कम हो । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ००:००  ६ : २३ बजे