८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाउ पाथिभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म पुराण



बिर्तामोड-झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथिभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म पुराण आयोजना हुने भएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पुराणको तयारीका विषयमा जानकारी दिइएको हो ।

पण्डित शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पूण्यप्रसाद रिजालको उपवाचकत्वमा पुराण आयोजना गर्ने तयारी भएको छ । पुराणको तयारी व्यवस्थापनका लागि १४ वटा समिति गठन गरिएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुराणको उद्घाटन गर्ने तयारी छ । पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने भएको छ । पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी ४० हजार जना भन्दाबढी भक्तजन आउने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार ००:००  ९ : ३८ बजे