८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

अव्यवस्थित बसोबासीलाई धनीपूर्जा उपलब्ध गराउँदा लिइने राजस्वको दर घटाउन माग



बिर्तामोड– नेपाली कांग्रेस झापाले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा उपलब्ध गराउँदा लिइने राजस्वको दर घटाउन माग गरेको छ । बिहीवार बसेको कांग्रेस कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले राजस्व घटाउन माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले बताए ।

एक परिवारलाई एक विघासम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजस्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव हुमागाईले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार ००:००  ८ : १४ बजे