८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

काठसहित मेचीनगरका राई पक्राउ



मेचीनगर-अवैधरुपमा काठ ओसारपसार गरेको अभियोगमा प्रहरीले झापाको मेचीनगरबाट एउटा ट्रयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मे १ त ६३१९ नम्वरको ट्रयाक्टरसहित चालक मेचीनगर–२ का सर्वन राई पक्राउ परेका हुन् ।

अवैध रुपमा लैजाँदै गरेको कदम र सिरिस जातको १६० क्युफिट गोलिया काठसहित मंगलवार बिहान राईलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । सरस्वती टोल उत्तरबाट दक्षिणतर्फ आउँदा गर्दा राई पक्राउ परेका हुन् ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले राईलाई ट्रयाक्टरसहित आवश्‍यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापा बुझाइएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार ००:००  ९ : ०१ बजे