७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

३५ तोला सुन लुकाउने डीएसपी ठगबहादुरलाई कार्वाही सिफारिस



झापा-इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीलाई कार्वाही सिफारिस भएको छ । एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिले उनलाई कार्वाही सिफारिस गरेको हो ।

समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएको छ । पुस ११ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो ।

सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ । डीएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए ।

हाल निलम्बनमा रहेका केसीलाई कानुनअनुसार कार्वाही गर्न छानबिन समितिले सिफारिस गरेको छ। उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ९ : १० बजे