६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

राष्ट्रपति पौडेल पार्टीको जिम्मेवारीबाट अलग



झापा– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

आइतबार केन्द्रीय कार्यालयमा पत्राचार गर्दै पौडेलले पार्टीको सदस्यबाट अलग भएको घोषणा गरेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ८ : ५५ बजे