१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ब्याजदर एकल बिन्दुमा राख्न प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर एकल बिन्दुमा सीमित राख्न निर्देशन दिएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले यो निर्देशन दिएका हुन् ।

बैंकको बढ्दो ब्याजदरका कारण व्यवसायिक क्षेत्र तहसनहस हुने परिस्थिति सिर्जना भएको छ । कतिपय व्यवसायी पेशाबाटै पलायन भइसकेका छन् ।

यसमा राज्यले पहल नगरेको चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री दाहालले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी व्याजदर एकल विन्दुमा राख्न निर्देशन दिएको बताएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ८ : ४९ बजे