७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

नेपाल आयल निगमद्वारा तीनवटा विद्युतीय गाडी खरिद



झापा– नेपाल आयल निगमले नयाँ विद्युतीय गाडी खरिद गरेको छ । विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै निगमले नयाँ गाडी किनेको हो ।

निगमले विद्युतीय गाडी खरिदका लागि गत कात्तिकमा टेन्डर आव्हान गरेको थियो । सोहीअनुसार तीनवटा विद्युतीय गाडी खरिद गरिएका हुन् ।

आयल निगमका उपनिर्देशक विनीतमणि उपाध्यायले पेट्रोलियम पदार्थको खपत घटाउँदै लैजाने नीति अनुरुप निगमले विद्युतीय गाडी खरिद गरेको बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ८ : ४० बजे