८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

कर्मचारीकाे खाजा र इन्धन सुविधामा कटौती



सुनसरी– संघीय सरकारको निर्देशन बमोजिम इटहरी उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको खाजा र इन्धन खर्च कटौती गरेको छ ।

उपमहानगरपालिकाको फागुन २६ गते बसेको कार्यपालिका बैठकले कर्मचारीलाई दिँदै आएको खाजा र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको हो ।

चैत १ गतेबाट लागू हुने गरी कर्मचारीको खाजा र इन्धन खर्च कटौती गर्ने निर्णय भएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।

यसअघि उपमहानगरपालिकाले कर्मचारीको खाजा र इन्धन खर्चबापत वार्षिक तीन करोड रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ‌।

इटहरी उपमहानगरपालिकामा अहिले ४७० जना कर्मचारी कार्यरत छन् । इन्धन खर्च कटौती हुँदा वार्षिक एक करोड ८७ लाख रुपैयाँ रकम जोगिने नगरप्रमुख पौडेल बताउँछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ८ : २६ बजे