१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजदेखि कार्यभार सम्हाल्दै



काठमाडौँ- नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । दिउँसो १ बजे राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सपथ लिने कार्यक्रम तय भएको हो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीसले सपथ गराउने संबैधानिक व्यवस्था छ । तर, प्रधानन्यायाधीस नभएकाले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई सपथ ग्रहण गराउने छन् । सपथ ग्रहणपछि उनको औपचारिक पदावधि सुरू हुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई हराएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ७ : ३२ बजे