८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिर्तामोडका वडा वडामा खेलकुद समिति



बिर्तामोड-नगर खेलकुद विकास समितिले वडास्तरमा आफ्नो संरचना निर्माणलाई तीब्रता दिएको छ । खेल गतिविधिलाई विस्तार गर्ने गरी समितिले वडा तहमा संगठन निर्माण गरिरहेको हो ।

आइतवार एकैदिन बिर्तामोडका दुई वटा वडामा वडास्तरीय खेलकुद समिति बनाइएको छ । सबै वडामा समिति बनाउने र खेलकुदका कार्यक्रमलाई तल्लो तहसम्म लैजाने नीति बनाइएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले बताए ।

आइतवार वडा नम्बर ८ र ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति बनाइएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल, अमिनकुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली छन् ।

सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दीपेश पौडेल, सनम खान, विकेश साह र गोमा कटुवाल रहेका छन् । वडा नम्बर ९ मा विश्वदीप राजवंशीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दीपेश राई, सचिवमा विवश बस्नेत छन् ।

सदस्यमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराइली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहेका छन् ।
वडा नम्बर ८ मा वडाध्यक्ष अजय कार्की र वडा नम्बर ९ मा वडाध्यक्ष हरिप्रसाद चौलागाई लगायतका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरिएको हो ।

यसअघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेका वडामा पनि क्रमश समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार ००:००  ९ : १६ बजे