७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

झापामा २२३ वटा मोटरसाइकल वेवारिसे, स्वामित्व दावीका लागि प्रहरीको सार्वजनिक आह्वान



झापा- जिल्ला प्रहरी कार्यालय झापाले २२३ वटा मोटरसाइकल वेवारिसे रहेको जनाउँदै स्वामित्व दावीका लागि सार्वजनिक आह्वान गरेको छ । सार्वजनिक सूचनामार्फत झापा प्रहरीले सवारी धनीलाई आफ्नो मागदावी पेश गर्न अपिल गरेको हो ।

झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले सवारी साधनको स्वामित्व दावी गर्न आह्वान गरिएको बताए । प्रहरीले १५ दिनभित्र आफ्नो मागदावी पेश गर्ने समय तोकेर सवारीको विवरणसहित सूचना निकालेको हो ।

स्वामित्व दावी गर्न आउने धनीले सक्कल प्रमाण पेश गर्नु पर्ने जनाइएको छ । नियमानुसार स्वामित्व माग दावी नभए कानुन अनुसार प्रहरीले वेवारिसे अवस्थाका ती सवारी साधन लिलामका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार ००:००  १२ : ०२ बजे