बिर्तामोड–प्रदेशको नाम कोसी राखिएपछि ठूला राजनीतिक दलसँग बिच्किएको संघीय लिम्वूवान पार्टी नेपाल लगायतका घटकले प्रदेश सभाका सांसदलाई मोसो दल्ने चेतावनी दिएका छन् ।
लिम्वूवान राज्य प्राप्तिको लामो आन्दोलनलाई वेवास्ता गर्दै प्रदेश १ को नाम कोसी राखिएपछि उक्त पार्टीसहितका लिम्वूवान घटकले प्रदेश सांसदलाई मोसो दल्ने चेतावनी दिएका हुन् ।
पत्रकारसँग कुरा गर्दै संघीय लिम्वूवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवाले प्रदेश सांसदलाई मोसो दल्ने, आवतजावतमा अवरोध गर्ने र सामाजिक बहिष्कार गर्ने बताए । दुई साताअघि प्रदेश सभाको बैठकले प्रदेशको नाम कोसी राख्ने निर्णय गरेको थियो ।
प्रदेश सांसदहरु लिम्वूवानी जनताको अस्तित्व र पहिचान समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै नेता पालुङ्वाले फागुन २८ को आमहड्ताललाई कुनै बहानामा अवज्ञा नगर्न चेतावनी पनि दिएका छन् ।