७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

भद्रपुरबाट ब्राउन सुगरसहित पक्राउ परिन् इलाम चुलाचुलीकी महिला



भद्रपुर-झापाको भद्रपुरबाट शुक्रवार बिहान प्रहरीले लागूऔषध ब्राउनसुगरसहित इलामको चुलाचुलीकी एकजना महिलालाई पक्राउ गरेको छ । चुलाचुली गाउँपालिका–१ बस्ने ३४ वर्षीया मञ्जु चापागाई पक्राउ परेकी हुन् ।

प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा चापागाईलाई पक्राउ गरेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले प्रदेश १–०१–०१३ प १९७३ नम्वरको स्कुटी चेकजाँच गर्दा चापागाईको साथमा १६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर भेटिएको बताए । प्रहरीले नेपाली पाँच हजार ७५ रुपैयाँ र रेडमी मोवाइल पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ००:००  ८ : ४४ बजे