१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

इञ्जिन सुरक्षा जाँच नभएसम्म श्री एयरलाइन्सकाे सबै उडान रद्द



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ००:००  १० : २२ बजे