१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

नेपाल मुस्लिम संगठनकाे काेसी प्रदेशस्तरीय अधिवेशन झापाको बिर्तामोडमा



बिर्तामोड– नेपालमा मुस्लिमहरुको सबैभन्दा जेठो जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनकाे काेसी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

नयाँ नेतृत्व चयनका लागि फागुन २७ र २८ गते बिर्तामोडमा नेकपा एमाले निकट संगठनकाे प्रदेशस्तरीय अधिवेशन हुन लागेको हो । अधिवेशनमा ३२० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुँदैछन् ।

एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले अधिवेशनकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे केन्द्रीय महासचिव तैयव हुसेनले बताए ।

केन्द्रीय सचिव अफ्राेज खानका अनुसार माेरङ, सुनसरी, झापा र उदयपुरमा मुस्लिमहरुको बाक्लाे उपस्थित छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ००:००  १० : १० बजे

<