८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वैवाहिक वार्षिकोत्सव र छोरीको जन्मदिन पारेर भट्टराई दम्पत्तिले दिए महायज्ञमा ५१ हजार



बिर्तामोड- वैवाहिक वार्षिकोत्सव र छोरीको जन्मदिनको अवसर पारेर झापाको बिर्तामोडका भट्टराई दम्पत्तिले महायज्ञमा बिहीवार ५१ हजार एकसय ११ रुपैयाँ प्रदान गरेका छन् ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई र उनकी धर्मपत्नी रीमा भट्टराईले वैवाहिक उत्सव र छोरी आरसवी भट्टराईको जन्मदिन पारेर बिर्तामोड–४ मेघाबारी टोलमा सञ्चालन भइरहेको श्रीमदभागगवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम प्रदान गरेका हुन् ।

सिद्धिविनायक भजन किर्तन मण्डली बिर्तामोड(४ को आयोजनामा दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारी सहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले मेघाबारी टोलमा महायज्ञ सञ्चालन भइरहेको छ ।

पूर्व घोषित लक्ष्य पूरा गर्ने अभियानमा सघाउन आफ्नो परिवारका तर्फबाट उक्त रकम सहयोग गरिएको अध्यक्ष भट्टराईले बताए ।

‘सामाजिक अभियानको काममा सघाउन पाउँदा खुशी लागेको छ’, नेपाल अलैंची व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका भट्टराईले भने, ‘फजुल भन्दा उद्देश्यमूलक काममा हाम्रो स्रोत साधन परिचालन गरिनु पर्छ भन्ने मेरो मान्यता हो ।’

वीरता लेडी जेसीजकी सक्रिय सदस्य समेत रहेकी रीमा भट्टराईले सामुदायिक भवन निर्माण गर्ने पवित्र उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेकी छन् ।

भागवत मञ्जरी राधिका दासीले दोसल्ला र कदर पत्र प्रदान गर्दै भट्टराई दम्पत्तिलाई आशिर्वाद प्रदान गरेकी छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ००:००  ७ : ५८ बजे