बिर्तामोड-झापाको बिर्तामोड–२ बाट प्रहरीले बिहीवार दिउँसो लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–२ का विश्वास संग्रौला, बिर्तामोड–४ का अभिषेक शर्मा र बिर्तामोड–८ का अनिषा मण्डल रहेका छन् ।
संग्रौलाको कोठामा बसिरहेका बेला सुराकीका आधारमा उनीहरु समातिएका हुन् । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले मण्डलको साथबाट प्रतिबन्धित आठग्राम ब्राउनसुगर र नगद ११ हजार ६०० रुपैयाँ भेटिएको बताए ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ ।