बिर्तामोड-बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बिहीवारदेखि तालिम सुरु भएको हो ।
तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी बीचचको सम्बन्ध पारदर्शी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बताइन् ।
तालिममा ३० जना सहभागी छन् । यसपछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिए ।
तालिममा कर व्यवस्थापन, खाता पोस्टिङ, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट, नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले बताए ।
सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको समेत उपस्थिति रहेको थियो ।