१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

संगठन सुदृढीकरणका लागि झापाको वडा तहमा एमालेको ‘मिसन ग्रासरुट’



झापा-नेकपा एमालेले संगठन सुदृढीकरणका लागि झापाको वडा तहमा ‘मिसन ग्रासरुट’ कार्यक्रम सुरु गरेको छ । एमाले वडा कमिटीले प्रारम्भिक बैठकमार्फत ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गरेका हुन् ।

पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तरगत वडा तहमा ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन भइरहेको हो ।

‘मिसन ग्रासरुट’ मा निस्क्रिय पुराना नेता कार्यकर्तालाई संगठित गर्ने, ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने, पार्टी सदस्यता नलिएकालाई सदस्यता दिने लगायतका काम समटिएका छन् ।

मिसन ग्रासरुटमा टोल, वडा र गाउँकमिटी तथा जनवर्गीय संगठनको अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने कार्यादेश छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : २८ बजे