८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लागूऔषध ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ




बिर्तामोड- झापाका दुई अलग अलग स्थानबाट बुधवार लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापा गाउँपालिका–१ लसुनाका २२ वर्षीय समिर भनिने देवेन्द्र चौधरी र झापा मेचीनगर–१० धुलावारीका २४ वर्षीय खातिबुल महमद पक्राउ परेका हुन् ।

चौधरीको साथमा दुई ग्राम र महमदको साथमा एक ग्राम ५०० मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । शंका लागेर चेकजाँच गर्दा उनीहरुका साथमा ब्राउन सुगर फेला परेको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार ००:००  ७ : ०३ बजे