७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

पाउ पाथिभरा मन्दिरमा पुराण लगाउने तयारी



बिर्तामोड-झापाको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । चैत ८ गतेबाट १६ गतेसम्म महायज्ञ आयोजना हुन लागेको हो ।

पाउ पाथिभरा उत्तगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले धार्मिक धामको सुदृढ व्यवस्थापनको उद्देश्य राखेर महापुराणको आयोजना गरिएको बताए ।

महायज्ञको समुद्घाटन प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गर्ने कार्यक्रम छ । महायज्ञमा आचार्य शान्तिराम नेपालले प्रवचन दिने छन् भने आचार्य पुण्यप्रसाद रिजालले पाठ पारायण गर्ने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ००:००  ८ : २१ बजे