८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

राष्ट्रिय बालबालिका नीति २०७९ को मस्यौदा तयार



झापा– सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो ।

बालबालिका नीति, २०६९ लाई खारेज गरी नयाँ नीति ल्याउने तयारी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले मंगलवार उक्त नीतिको मस्यौदामाथि छलफल गरेका छन् ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त नीति लागू हुनेछ । मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयले तयार गरेको मस्यौदामाथि सुझाव दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार ००:००  ८ : ४७ बजे