बिर्तामोड– निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पीडित नन्दलाल ताजपुरियालाई १० हजार सहयोग गरेको छ । गौरादह शाखामार्फत ताजपुरियालाई उपचारका लागि सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गौरादह शाखा प्रमुख विवश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, शाखाका कर्मचारीहरु र समूह सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
आर्थिक अभाव भएका कारण ताजप्रियाले क्यान्सर रोगको उपचार गराउन पाएका छैनन् । नगरपालिका, दाताहरुबाट रकम उठाएर उपचार प्रयास गरिएको छ ।