८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

झापाको बिर्तामोडमा भागवत मञ्जरी राधिका दासीकाे प्रवचन हुँदै



झापा– सामुदायिक भवन र व्यवस्थित कर्मयोगस्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठान आयोजना गरिएको छ ।

झापाको बिर्तामोड-४ मेगावारी टोलमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञानमहायज्ञ आयोजना गरिएको हो ।

अनुष्ठान आयोजक समितिकी संयोजक भीमा शिवाकोटीले किरियापुत्री भवन र जेष्ठ नागरिक चौतारी सहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको बताइन् ।

सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको कथा प्रवचनमा अनुष्ठान आयोजना हुन लागेको हो ‌। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुष्ठानको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार ००:००  ८ : २२ बजे