८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सवारी दुर्घटनामा बेलवारीका कृषि प्राविधिकको मृत्यु




पथरी- मोरङको पथरी शनिश्चरेमा भएको सवारी दुर्घटनामा एकजना कृषि प्राविधिकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँसखोला नजिक बिहीवार अपरान्ह भएको सवारी दुर्घटनामा बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक विशाल सिटौलाको मृत्यु भएको हो ।

दमक नगरपालिका–४ कृष्ण मन्दिर घर भएका ३० वर्षीय सिटौलाको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो । पिकअपका चालक फरार रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : २४ बजे