६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

झापाली प्रतिभालाई मन लागेका कलाकारसँग गाउने र म्युजिक भिडियो खेल्ने अवसर



झापा- झापाका नव प्रतिभाले आफूले मन पराएका र रुचाएका कलाकारसँग गाउने र म्युजिक भिडियो खेल्ने अवसर पाउने भएका छन् । दि–नेक्ट ड्रिमस् इन्टरटेन्टमेन्टले झापाली प्रतिभाका लागि यस्तो अवसर जुराइदिन लागेको हो ।

नव प्रतिभाको क्षमता विकासका लागि झापा सिङगिङ एण्ड डान्सिङ स्टार २०२३ प्रतियोगिता आयोजना गरिएको छ । इन्टरटेन्टमेन्टले मंगलबार झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताका लागि दमकमा फागुन २३ गते र बिर्तामोडमा फागुन २४ गते अडिसन गर्ने इन्टरटेन्टमेन्टका सञ्चालक सुदीप जोशीले जानकारी दिए । उनका अनुसार फागुन ३० गते दमक र बिर्तामोडमा कोरियो राउण्ड आयोजना गरिएको छ ।

चैत्र ७ गते बिर्तामोडमा प्रतियोगिताको लोक राउण्ड र बैशाख २ गते सेमिफिनाले र बैशाख १६ गते ग्रयाण्ड फिनाले गरिने इन्टरटेन्टमेन्टका सञ्चालक जोशीले बताए ।

प्रतियोगिताका लागि फारम खुल्ला गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ नगद पुरस्कारसहित आफु छानेको गायक तथा गायिकासँग गाउने र म्युजिक भिडियो गर्ने अवसर पाउनेछन् ।

दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक दिनेश श्रेष्ठले बताए । प्रतियोगितामा कम्तीमा १५० जनाले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार ००:००  ८ : ५५ बजे