७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

‘गरिवी निवारण अभियानमा सहकारीको भूमिका महत्वपूर्ण’



धनकुटा- भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री राजेन्द्र राईले गरिवी निवारण अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सहकारीको माध्यमबाट सदस्यलाई आर्थिक उपार्जनमा लगाएर आर्थिक स्रोतमार्फत गरिबी हटाउने बाटोमा सरकार लाग्ने उनले बताए ।

धनकुटा नगरपालिकामा रहेको गोकुण्डेश्वर बालमन्दिर नमूना माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटनको क्रममा मन्त्री राईले सहकारीका माध्यमबाट देशमा उपलब्ध स्रोत र साधनको प्रयोग गरेर नागरिकको आयआर्जनको बाटो सुधार गर्न सरकार लागिपरेको बताए ।

मन्त्री राईले उद्घाटन गरेको नयाँ भवन सरकारको नमूना विद्यालय कार्यक्रम अन्तर्गत एक करोड ७० लाख ६० हजारको लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ००:००  ७ : ०८ बजे