८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नगर अस्पताललाई व्रिज इन्टरनेशनलले दियो टेलिभिजन



बिर्तामोड- राजधानीबाहिर झापाको बिर्तामोडमा पहिलो शाखा खोलेको व्रिज इन्टरनेशनलले बिर्तामोड नगर अस्पताललाई एकथान टेलिभिजन प्रदान गरेको छ ।

व्रिज इन्टरनेशनलका कार्यकारी अध्यक्ष भुवन गिरीले शुक्रवार शाखा उद्घाटनका अवसरमा नगर प्रमुख पवित्रा महतारा प्रसाई र वडाध्यक्ष मदन बुढाथोकीलाई टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

नगर अस्पतालको वेटिङ रुममा बसेका विरामी तथा तिनका आफन्तको सुविधाका लागि टेलिभिजन प्रदान गरिएको अध्यक्ष गिरीले बताए ।

सामाजिक उत्तरदायित्व अभियान अन्तरगत व्रिज इन्टरनेशनलले नगर अस्पताललाई टेलिभिजन दिएकोमा नगर प्रमुख प्रसाईले खुशी व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ००:००  ९ : २४ बजे