७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

सभामुख घिमिरेलाई सहारा नेपालको सम्मान



बिर्तामोड- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार सम्मान गरेको छ । झापाको चारपानेस्थित आफ्नै कार्यालयमा आयोजित समारोहका बीच सहाराले सभामुख घिमिरेलाई सम्मान गरेको हो ।

सहारा नेपालका तर्फबाट वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले सभामुख घिमिरेलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । सभामुख घिमिरेलाई सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरीसहितको टोलीले स्वागत सम्मान गरेको छ ।

सभामुख घिमिरे सहाराका सदस्य पनि हुन् । कार्यक्रममा सभामुख घिमिरेले सहकारी संस्थालाई धम्की दिनेलाई राज्यले कार्बाहीको दायरामा ल्याउनु पर्ने बताए ।

आर्थिक विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै सभामुख घिमिरेले उद्यमशीलताको विकासमा लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ००:००  ९ : ०३ बजे