८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

शैक्षिक परामर्श दिन व्रिज इन्टरनेशनलको शाखा बिर्तामोडमा



झापा-शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको निजी क्षेत्रको व्यवसायिक प्रतिष्ठान व्रिज इन्टरनेशनलले झापाको बिर्तामोडमा आफ्नो शाखा विस्तार गरेको छ । नेपालमा राजधानी बाहिर पहिलोपटक झापामा व्रिज इन्टरनेशनलको शाखा खुलेको हो ।

व्रिज इन्टरनेशनल बिर्तामोड शाखाको फागुन ५ गते उद्घाटन गर्ने कार्यक्रम छ । वैदेशिक अध्ययनका लागि पश्चिमा राष्ट्रमा जाने विद्यार्थीको सुविधालाई ध्यानमा राखेर बिर्तामोड शाखा खुलेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

व्रिज इन्टरनेशनलका कार्यकारी अध्यक्ष भुवन गिरीले विद्यार्थीको रुचि र आवश्यकताका आधारमा शैक्षिक परामर्श प्रदान गर्ने गरी बिर्तामोडमा शाखा खोलिएको बताए । उनले गलत र सही केलाउन नसकेका कारण विद्यार्थीले दुःख पाइरहेको बताउँदै गुनासो आउन नदिने गरी काम गर्ने बताए ।

‘शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा समेत सञ्चालन गर्ने गरी शाखा विस्तार गरेका छौँ’, पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले भने । व्रिज इन्टरनेशनलको मुख्य कार्यालय काठमाडौँको कमलादीमा छ । शाखा कार्यालय महाराजगञ्जमा छ भने अन्तर्राष्ट्रिय शाखा लण्डनमा खुलिसकेको छ ।

अष्टे्रलियमा दोस्रो अन्तर्राष्ट्रिय शाखा खोल्ने तयारीमा व्रिज इन्टरनेशनल रहेको छ । उद्घाटनका अवसरमा सेमिनारको आयोजना गरिएको छ । उद्घानका अवसरमा अंग्रेजी तयारी कक्षा र शैक्षिक परामर्श सेवा तथा प्रोसेसिङ शुल्कमा शत प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष गिरीले बताए ।

व्रिज इन्टरनेशनलले विशेष गरेर क्यानाडा, अष्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने कार्यकारी निर्देशक रुपेश थापाले बताए ।

उद्घाटनको अवसर चर्चित मोडल स्मारिका तथा समारिका ढकाल आउने जनाइएको छ । बिर्तामोड शाखा प्रमुख जितेन्द्र गिरीले अध्ययनका लागि भिषा प्राप्त गर्नु अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरेन्टेसन सेमिनार सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ००:००  ९ : २२ बजे