८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिर्तामोडको देवी माविका विद्यार्थीलाई डेढ करोडको छात्रवृत्ति दिने घोषणा




बिर्तामोड-
भारतको मेवाड विश्व विद्यालयले उच्च शिक्षा अध्ययनका लागि देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । भारतको राजस्थानमा रहेको विश्व विद्यालयले यस्तो घोषणा गरेको हो ।

कक्षा १० पास गरेका ५० र १२ कक्षा पास गरेका ५० जना गरी हरेकवर्ष एकसय जना नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने विश्वविद्यालयको घोषणा छ ।

झापा आएका विश्व विद्यालयका कुलपति डा. अशोककुमार गादिया र प्रधानाध्यापक अम्विका श्रेष्ठबीच छात्रवृत्ति सम्वन्धी समझदारी भएको शिक्षक उमेश साहले जानकारी दिए ।

देवी माविका विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने डा. गादियाले बताए । विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले मेवाड विश्वविद्यालयसँंग निरन्तर सहकार्य गर्ने बताइन् ।

उनले डा. गादिया र मेवाड विश्व विद्यालयलाई धन्यवाद दिँदै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरिदिएको प्रति आभार व्यक्त गरिन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार ००:००  ९ : ०१ बजे