१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रेखा खोलामा पुल निर्माण भएपछि आउजाउ सहज



झापा-बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना पर्ने रेखा खोलामा पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।

९ दशमलव २ मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको पुल निर्माण गर्न एनके कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद खरेलले अगुगमन गरेका छन्।

वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई आउजाउ गर्न सहज भएको बताए । उनले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीयले राहत पाएको उल्लेख गरे ।

निर्माण भइरहेका बिकास निर्माणका कामलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कडाईका साथ अनुगमन तथा निरीक्षण गर्दै आएका छन् ।

ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्न खबरदारी गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार ००:००  ७ : ४५ बजे