काठमाडौँ-नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतवार बिहान निमोनियाका कारण उनको निधन भएको हो ।
उनी लामो समयदेखि स्वासप्रश्वासको समस्या समस्याबाट पीडित थिए । राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनका दुई छोरा र दुई छोरी छन् ।