१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जनश्रुति महिला साकोसद्वारा रक्तदान




बिर्तामोड- जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रगतदान गरेका छन् । त्यसमध्ये १९ जना महिला छन् ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले बताइन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार ००:००  ८ : २८ बजे